Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा एक युवती मृत फेला, हत्या गरेको आरोपमा प्रेमी पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुरः कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको पुनर्वास नगरपालिका–६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका–४ का भेषराज शाही पक्राउ परेका हुन्। खड्का भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे।

फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतक खड्काका परिवारले शाहीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page