


बैतडी: बुलेटिन सम्वाददाता- शुशील जोशी,बैतडीको दोगडाकेदार गाउँपालिमा जारी पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार गर्ने समुहमाथि हदैसम्मको कारवाही हुने प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए। पञ्ज्युनयाँ खेलमैदानमा समापन कार्यक्रमका बोल्दै शर्माले यस्तो बताएका हुन।

दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार साँझ एक समूहले केदार मावि,पिपलकोटका खेलाडी समेत रहेका विद्यार्थी १७ वर्षीय विशाल कार्कीमाथि धारिलो हतियार प्रहार गरेको हो।
घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र अदालतमा मुद्धा चलाई म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख,नन्दराज जोशीले जानकारी दिए ।




