



बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो। लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए
दुर्घटनामा सहचालक मेलौली–१ का १९ वर्षीय रोहित दयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। यस्तै चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा घाइते भएको उनले बताए। घाइते टमटाको हातमा सामान्य चोट रहेको बताए। दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।




