



दार्चुला सम्वाददाता -दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो। बस आज बिहान दुर्घटनामा परेको हो
दुर्घटना परी चालकसहित १४ जना घाईते भएको र २ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाईतेहरुको विवरण तथा दुर्घटनाको कारण अहिले सम्म नखुलेको प्रहरीले जानकारी दिएको छ।




