


दार्चुला सम्वाददाता -दार्चुलाको ब्याँस गाउँपालिका प्रबक्ता एवं वडा नं ३का वडा अध्यक्ष उपेन्द्र सिंह धामि रिटर्नी फेडेरेसनको केन्द्रीय कमिटीमा मनोनित भएका छन।

रिटर्नी फेडेरेसनको केन्द्रीय कमिटीको माघ १३ गते बसेको बैठकले धामिलाइ केन्द्रीय कमिटीमा मनोनित गरेको हो।
अध्यक्ष धामिले नेकपा एमालेको २२ औं भातृ संगठनको रुपमा रिटर्नी फेडेरेसन नेपाल भएको बताए। बैतडीबुलेटिन सँगको कुराकानीमा अध्यक्ष धामिले बिदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नफ फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा जोडीन आग्रह गरे । ज्ञान सीपलाइ प्रयोग गर्ने गरि यो संगठनले काम गर्ने बताउंदै धामिले देशलाई अंगाडि लैजान क्षमता भएका युवाहरुले भुमिका खेल्नु पर्ने बताए




