



बैतडी,बैतडीको पाटनमा यही माघ २४ गते स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । पाटन नगरपालिकाको आयोजनामा हुने स्वास्थ्य शिविरमा काठमाण्डौ मेडिकल कलेजको प्राबिधिक सहयोग रहने जनाइएको छ । कृष्ण माविमा बस्ने शिविरको व्यवस्थापनको जिम्मेवारी विद्यालयले नै लिएको छ ।
उपलब्ध सेवामा सामान्य स्वास्थ्य सेवा, पसुती तथा स्त्री रोग सेवा, बाल रोग, शल्यक्रिया सेवा, हाडजोर्नी तथा नशा सम्बन्धि सेवा, छाला तथा यौन रोग, नाक कान घाटी रोग सम्बन्धी उपचार सेवा, आँखा रोग, दन्त रोग, मानशिक तथा नशा रोग सेवा र मुटु तथा मृगौला रोग सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकी स्तरबाट उपलब्ध हुने निशुल्क औषधी शिविरमा वितरण गरिने छ भने सो बाहेकका औषधी बिराम िआफैले किन्नुपर्ने नगरपालिकाले जारी गरेका सूचनामा उल्लेख गरिएको छ ।




