Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा आजदेखि दादुरा-रुबेला विरुद्धको खोप अभियान संचालन गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -दादुरा-रुबेला विरुद्धको खोप अभियान बैतडीमा आजदेखि संचालन गरिने भएको छ। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा आजदेखि २१ गतेसम्म खोप अभियान संचालन हुने भएको छ । यसैगरी जिल्लाको दशरथचन्द तथा मेलौली नगरपालिका, शिवनाथ, पन्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

दादुरा र रुबेला विरुद्धको खोप अभियान संचालनको लागि आवश्यक आन्तरिक तयारी तीब्र पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ९ महिनादेखी ५ वर्षउमेर समुहका २१,३२४ जना लक्षित बालबालिकालाई खोप लगाइने छ । ३६२ वटा खोपकेन्द्रमा लगाइने खोप कार्यक्रममा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने छन भने ७२४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

दादुरा-रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्दछ । दादुरा-रुबेला खोपको पूर्ण मात्रा लगाएर सुरक्षित हुन आग्रह गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page