Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसको११औँ बार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाको एकमात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पसको११औं बार्षिकोत्सव सम्पन्न भएको । बिहीबार क्याम्पसमा एक औपचारिका कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न भएको हो। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले श्रीकोट बहुमुखी क्याम्पसलाइ गाँउपालिकाले निरन्तर सहयोग गर्दै आइरहेको र आगामि दिनहरुमा पनि सहयोग रहने बताए।

साथै अध्यक्ष कार्किले क्याम्पसमा सुबिधा सम्पन्न छात्राबास निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्दै क्याम्पसमा अध्ययनरत बिपन्न परिवारका बिधार्थीहरुको पढाइमा लाग्ने शुल्क गाउँपालिकाले बेहोर्ने घोषणा समेत गरे।

कार्यक्रममा विशिष्ट अतिथी तथा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्किले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा लाई प्राथामिकता दिन सक्नुपर्ने भन्दै राज्यले समग्र शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । साथै उपाध्यक्ष कार्किले क्याम्पसमा सेनेटरी प्याड डिस्पोज गर्ने मेसिनको लागी आफुले पहल गर्ने बताए। कार्यक्रममा क्याम्पस प्रमुख दानसिंह कार्किले कुल रु १ करोड ३९ लाख ४१ हजार ९ सय ६१रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन संगै शैक्षिक,भौतिक तथा प्रगती प्रतिवेदन पेश गरेका थिए ।

जय भगवति मेलौली सुनचाँदी

समापन कार्यक्रममा वोल्दै क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष जयदेव जोशीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुख्य नाराका साथ शिक्षा लाई अगाडी वढाईएको भन्दै वर्तमान अवस्थामा राज्यमा राजनैतिक परिवर्तन संगै राज्य तिन तहमा विभाजन भएपनी शिक्षामा परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

राज्य तिन तहमा सरकार वनेपनि राज्यको तर्फवाट शिक्षा लाई कसरी अगाडी वढाउने र कुन सरकारले अगाडी वढाउने निक्र्लोर नभएको भन्दै यो समस्या लाई छिट्टै हल गर्नुपर्ने वताए ।

विधार्थीहरुले विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो । क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष जयदेव जोशीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक लक्ष्मी दत्त जोशीले गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page