Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा होली पर्वमा अवान्छित गतिविधि रोक्न प्रहरि परिचालन

अनुशासित एवं व्यवस्थित रुपमा होली पर्व मनाउन आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन साथै अवान्छित गतिविधि रोक्न प्रहरि परिचालन गरिने भएका छन।होली पर्बमा सुरक्षीत र मर्यादित बनाउन सुरक्षा संयन्त्रका सबै युनिटबाट प्रहरि परिचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

जय भगवति मेलौली सुनचाँदी

होलीमा कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

चाडपर्वहरूको अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिसुरक्षामा खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन प्रहरीले सबैमा अनुरोध गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page