Vutlaxapu
Laxmibhuwan sun chadi

नेकपा एमाले जिल्लाकमिटी बैतडीको चौथो बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बैतडीको चौथो बैठक सम्पन्न भएको छ।एमाले जिल्लाकमिटी अध्यक्ष नरेस बि क को अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए।

बैठकमा निर्णय अनुमोदन,सचिवालय बैठक,पालिका कमिटीका निर्णय,बिभागको पुर्णता,जनसंगठन संयन्त्रको बैठक,पालिकास्तरीय प्रशिक्षण,पालिका कमिटीका बैठक,वडा कमिटीका बैठक,बिभागीय तथा फाटका बैठक,टोल कमिटीका अधिबेशन, सदस्यता नवीकरण तथा बिस्तारको बारेमा समिक्षा,पार्टीको आगामि कार्ययोजना, शुभकामना आदानप्रदान गर्दै बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।

जय भगवति मेलौली सुनचाँदी

बैठकमा एमाले प्रदेशकमिटी सदस्य नरेन्द्र विष्ट,महादेव भट्ट,जसबिर बोहरा,धर्मानन्द भट्ट,भक्त बहादुर बिष्ट,चमन कुमार भण्डारी,अमर धामि,बिस्ना चन्द,जयन्त कुँवर,प्रदेश सल्लाहकार परिषद सदस्य मोहन बहादुर विष्ट,नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्ट,लेखा आयोग बैतडी जिल्लाकमिटी अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बैकमा नगर कमिटी अध्यक्ष ,गांउपालिकाकमिटी अध्यक्ष,वडा कमिटी इन्चार्ज लगायतले नगरपालिका,गाउँपालिका र वडाहरुमा पार्टीको अवस्था सहितआगामी कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा रिपोर्टिङ अनुसार आगामि रणनीति तयार गरिने एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page