Vutlaxapu
Laxmibhuwan sun chadi

उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरे कारबाही हुन्छ : मुख्यमन्त्री शाह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी —सुदूरपश्चिममा चालु आर्थिक वर्षको बजेट तथा योजना छनोटमा  बिचौलिया हावी भएर व्यक्तिगत योजनाहरु छनोट भएको भन्दै चौतर्फी गुनासो बढेपछि मुख्यमन्त्री कमलबहादुर शाहले सबै मन्त्री र सचिवहरुलाई कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएका छन् ।

प्रदेश नीति तथा योजना आयोगद्वारा शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८२ बजेट कार्यान्वयन गर्दा कुनै पनि निकायले विगतजस्तो उपभोक्ता समितिमार्फत काम नगर्न निर्देशन दिए ।

जय भगवति मेलौली सुनचाँदी

बैठकमा सबै मन्त्रीहरु, राज्यमन्त्रीहरु, सचिवहरु र विभिन्न आयोगका पदाधिकारीहरुलाई उपस्थित गराएर मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेटमा विनियोजित विकास निर्माणका सम्पूर्ण योजनाहरु ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बजेटमा बिचौलिया हावी भएको गुनासो छ । त्यसैले प्रदेश सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि काम गर्दैन । सम्बन्धित सबैलाई मेरो प्रष्ट निर्देशन छ । निर्देशन विपरीत कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयका पदाधिकारीलाई कार्वाही हुन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘मैले बजेट निर्माणकै क्रममा पनि स्पष्ट भनिसकेको छु।’

सुदूरपश्चिममा विगतदेखि नै बजेटमा विचौलियाको चलखेल भएर योजना पार्ने अनि निश्चित व्यक्ति उपभोक्ता समितिमा बसेर अनियमितता गर्ने गरेको गुनासो छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page