


काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
संयोजक डा. कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर ७७ मध्ये ७६ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएका छन् । रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन । समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा सुर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकिएका छन् । त्यस्तै झापामा कृष्ण हुमागाईं, संखुवासभामा दिपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजीमय, ओखलढुंगमा गोमा केसी र उदयपुरमा नारायण बहादुर कार्की केन्द्रीय प्रतिनिधि तोकिएका छन् । मधेस प्रदेशमा सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेश प्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपाने केन्द्य्रीय प्रतिनिधि तोकिएका छन् ।

बागमती प्रदेशमा दोलखामा कुन्दनराज काफ्ले, रामेछाप पूर्णमान तामाङ (कान्छाराम), सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाई, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौँमा कल्याणी रिजाल केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
गण्डकी प्रदेशमा गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा.डा. राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषी काफ्ले, बागलुङमा जीत शेरचन र नवलपुरमा गुरु बराल प्रतिनिधि तोकिएका छन् ।
लुम्बिनी प्रदेशमा नवलपरासीपश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल अर्घाखाँचीमा वावुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम (पूर्व) दत्तबहादुर बस्नेत,
रोल्पामा मान बहादुर खत्री, प्यूठानमा ईश्वर सिंह विष्ट, दाङमा गोपाल राज शर्मा बाँकेमा सुदिप नरसिंह राणा र बर्दियामा जग्गा पाण्डे केन्द्रीय प्रतिनिधि तोकिएक छन् ।
कर्णाली प्रदेशमा रुकुम (पश्चिम)मा बाहेक अन्यत्र केन्द्रीय प्रतिनिधि तोकिएको छ । सल्यानमा दिपक चन्द, डोल्पामा भैरव बहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकवहादुर मल्ल, हुम्लामा वखतवहादुर शाही, कालिकोटमा दमन वहादुर शाही, जाजरकोटमा ज्ञानवहादुर शाही, दैलेखमा एकेन्द्र वहादुर पन्त र सुर्खेतमा महेन्द्र शाही केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंग वहादुर सिंह, बझाङमा सिताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कवीराज पण्डीत, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणी भट्ट, डडेलधुरामा टेक वहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशी, तोकिएका छन् ।




