



दार्चुलाः दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको यात्रु सवार हाईस दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतड (पडाल)चेक पोष्ट नजिकै आज सडकमा हाईस पल्टिएर दुर्घटना भएको हो।दार्चुलाको सदरमुकाम खंलगाबाट महेन्द्रनगरका लागि छुटेको बा ५ ख ५२६५ नम्बरको हाईस ब्रेक फेल भएर नकतड (पडाल) मा दुर्घटना भएको दार्चुला प्रहरीले जनाएको छ। हाइसमा १७ जना सवारी मध्ये पाँच जना घाईते भएको प्रहरीले जनाएको छ।
घाईते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीया बसन्ती बिष्ट र सहचालक कैलालीको बर्दगोरीयाका २२ वर्षीय रोहित स्वाँर रहेका छन्। अन्य यात्रु सकुसल रहेको र घाईतेहरुको गोकुलेश्वरको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको छ।




