


बैतडी : बैतडीमा चिर्पटले हिर्काउँदा एक महिलाको हत्या गरिएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएपछि सुनिताकाे घटनास्थलमै मृत्यु भएको हो।
सोमबार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।




