Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा एमालेबाट उपनिर्वाचन लड्ने यी हुन् पाँच उम्मेदवार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

शनिबार एमालेले सुदूरपश्चिम प्रदेशभित्र स्थानीय तहमा रिक्त ५ पदमा नै उम्मेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुंगो लगाएको छ।यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पदका लागि देबबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि नेकपा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाउने गरी नाम टुंगो लगाएको हो।

स्थानीय तहमा रिक्त पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ। आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ। यसअघिको निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कार्यकाल पुरा नहुँदै निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page