


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उदेश्यले गाउँपालिकाभित्र रहेका प्रतेक माध्यमिक विद्यालयहरुमा माध्यमिक तहकै स्थायी शिक्षकलाइ प्रधानाध्यापक बनाउने निर्णय गरेको छ। गाउँपालिकाले पालिकाभित्र रहेका ११वटा माध्यमिक बिधालयमा माध्यमिक तह स्थायी शिक्षकलाइ प्रधानाध्यापक बनाउने निर्णय गरेको गाउँपालिका प्रबक्ता दिनेश प्रसाद भट्टले बताए।

पालिका भित्र रहेका चारवटा माध्यमिक विधालयमा दरबन्दी पुरा रहेको र ति विधालयबाट ७ वटा माध्यमिक विधालयमा माध्यमिक तह स्थायी शिक्षक प्रधानाध्यापक पठाउने निर्णय भएको शिक्षाशाखा प्रमुख चक्रदेव जोशिले बताए।जस अन्तर्गत
दोगडादेदार गाउँपालिका वडा नं ३ मा रहेको सनातन धर्म मा.बि. दोगडाकेदार गाउँपालिका वडा नं ४ मा रहेको श्रीकेदार मा.बि. पिपलकोट,दोगडाकेदार गाउँपालिका वडा नं -६ मा रहेको भगवति मा.बि. सित्तड र दोगडाकेदार गाउँपालिका वडा नं -१ मा रहेको पन्चदेब माहानन्नद मा.बि. रिमबाट दोगडाकेदार गाउँपालिका वडा नं ७मा रहेको भुमिराज माध्यमिक विधालय चडेपानी,रौलेश्वर माध्यमिक विधालय कालागाउँ रौलेश्वर माध्यमिक विधालय कफलकोट,चनैराज माध्यमिक विधालय बडिँया,बेताल माध्यमिक विधालय गोरङ,रौलेश्वर माध्यमिक विधालय मल्लाढिक र न्वालि माध्यमिक विधालय दोलीमा माध्यमिक तह स्थायी शिक्षक प्रधानाध्यापक रहने गरी पठाउने निर्णय भएको शिक्षा शाखा प्रमुख जोशिले बताए।
दरबन्दी पुरा भएका विधालयबाट दरबन्दी रिक्त विधालयमा शिक्षक पठाउदा सो विधालयमा राहत अथवा करार बिषयगत शिक्षक भए मा.बि स्थायी शिक्षकको ठाउमा पठाइने र बिषयगत शिक्षक नभए दरबन्दी कटौती भएका विधालयहरुले बिषयगत शिक्षक भर्ना गर्नुनपर्ने र ति शिक्षकलाइ गाउँपालिकाले अनुदान दिने समेत निर्णय भएको शिक्षाशाखा प्रमुख जोशिले बताए।




