



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ मा रहेको सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीको सोमबार हुने भनिएको ६५औँ बार्षिकोत्सव समापन कार्यक्रम स्थगित गरिएको छ।पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएपछि बार्षिकोत्सव समापन कार्यक्रम स्थगित गरिएको बिधालयका प्रधानाध्यापक बलदेव नाथले बताए। बार्षिकोत्सव समापन कार्यक्रम मंसिर ४गते गरिने समेत प्रधानाध्यापक नाथले बताए।




