Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा एमालेको २ दिने नगर स्तरीय प्रशिक्षण सुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेले पुर्चौडी नगरपालिकामा २ दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। बुधबार देखि सुरु भएको नगरस्तरीय प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न गरिने एमाले जिल्लाकमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए। बिहिबार नगरस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले गरेका थिए।

 

जय भगवति मेलौली सुनचाँदी

बैतडीमा एमालेले योजनाबद्ध ढङ्गले पालिकाभर प्रशिक्षण सञ्चालन गरिरहेको अध्यक्ष बि क ले बताए।। कार्यक्रममा सँगठन निर्माण परिचालन र ब्यवस्थापन ,नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास,बैतडी कम्युनिस्ट आन्दोलनको इतिहास,पार्टीका कार्यकर्ताहरुले अपनाउनुपर्ने अनुसासन र कार्यशैली,बर्तमान राजनीतिक शक्ति सन्तुलन,जनबर्गीय सँगठन परिचालन,स्थानीय सरकार सँचालन बिधि र प्रकृया लगायतका बिषयमा प्रशिक्षण गरिने जिल्ला अध्यक्ष नरेश बि क ले बताए।

कार्यक्रममा पुर्चाैडी नगरपालिका कमिटिका सम्पूर्ण पदाधिकारीहरु,सदस्यहरु, पुर्चाैडी भुगोल भएका सम्पूर्ण नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारी, प्रदेश कमिटि सदस्य महादेव भट्ट, जिल्ला कमिटि उपसचिवद्धय हर्क धानुक र पार्वती भट्ट, जिल्ला कमिटि सचिवालय सदस्य निर्मल पाण्डेय लगायत नेताहरुको सहभागिता रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page