Vutlaxapu
Laxmibhuwan sun chadi

रामेछापमा गाडी दुर्घटना, वडाध्यक्षसहित पाँच जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

रामेछाप -रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो साढे २ बजे रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रवक्ता इन्स्पेक्टर विक्रम खड्काले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

उनकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा वडा नम्बर ४ का अध्यक्षसहित पाँच जना छन्। अरू चार जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको पनि इन्स्पेक्टर खड्काले जानकारी दिए।

घाइतेहरूलाई जिल्ला अस्पताल मन्थली पठाइएको छ।

गाडी आफै अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page