Vutlaxapu
Laxmibhuwan sun chadi

ढिकगाड सैनिखेत लिप्टिङ सिचाई याेजनाकाे गाउँपालिका अध्यक्षद्वारा अनुगमन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले ढिकगाड सैनिखेत लिप्टिङ सिचाई याेजनाकाे स्थलगत अनुगमन गरेका छन। गाउँपालिकाले १ करोड बढि लागतमा निर्माण गरेको ढिकगाड सैनिखेत लिप्टिङ सिचाई योजनामा सोलार सिस्टम जडान गरि चलाएकोमा अज्ञात समूहले सोलार प्यानल फुटाएपछि पानि अबरुद्ध बनेको थियो।सोलार प्यानल बिग्रेपछि अहिले गाउँपालिकाले बिधुतबाट योजनालाइ नया रुप दिएर मजगाँउ ,गोरेगाँउ,टुणिखाँण,सैनिखेत लगायतका अन्य बस्तिहरुका जनताहरु सम्म पानि पुगाउने लक्ष्य राखेको र  योजनाको स्थलगत अनुगमन गरिएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

योजनाको स्थलगत अनुगमनका क्रममा बोल्दै अध्यक्ष कार्किले समाजमा रहेका उच्छृंखल प्रवृत्तिका व्यक्तिहरूले योजनाको सोलार प्यानल फुटाएर गलत हर्कत देखाउनु राम्रो नभएको बताए।

अध्यक्ष कार्किले ढिकगाड सैनिखेत लिप्टिङ सिचाई याेजनाकाे काम राम्रो भएको बताउदै सोलार प्यानल फुटाएर अबरुद्ध पारेपछि योजना अबरुद्ध पार्न खोज्नु गलत भएको बताए। साथै अध्यक्ष कार्किले अब नयाँ किसिमबाट योजना सञ्चालन गरिएको र चाडै मजगाँउ ,गोरेगाँउ,टुणिखाँण,सैनिखेत लगायतका बस्तिहरुमा सहजै पानि पुग्ने बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page