



बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको हिमचुलि बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेर सिँह कार्किको अध्यक्षतामा सम्पन्न साधारणसभामा गाँउपालीका उपाध्यक्ष पार्वती ऐरी कार्की प्रमुख अतिथी रहेकी थिइन। कार्यक्रममा हिमचुलि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर सिँह कार्किले ३कराेड १२ लाख बराबरको आय व्यय प्रस्तुत गरेका थिए।हिमचुलि बचत तथा ऋण सहकारी संस्थामा ५ सय ८० जना सेयर सदस्यहरु रहेका छन।




