


बैतडी-बैतडीको पुर्चौडी नगरपालीकामा एमाले निकट ४ वटा जन संगठनको नगर अधिवेशन सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एंव पुर्चौडी नगरपालिका जनसंगठन संयोजक चन्द्र देव भट्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कर्ण बहादुर कुँवर प्रमुख अतिथी रहेका थिए।
पुर्चौडी नगरपालिकामा एकैदिन अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल,किसान महासंघ र नेपाल उत्पिडित जातिय मुक्ति समाज नेपालको नगर अधिवेशन सम्पन्न भएको हो। अनेरास्ववियुको नगर अधिवेशनमा लक्ष्मि अवस्थिको अध्यक्षतामा १७ सदस्सिय नगरकमिटी चयन गरिएको छ। यस्तै राष्ट्रिय युवा संघ नेपाल पुर्चौडी नगरकमिटीको अधिवेशन दिनेश प्रसाद भट्टको अध्यक्षतामा १७ सदस्सिय नगरकमिटी चयन गरिएको हो।किसान महासंघको नगर अधिवेशनमा धन बहादुर धामिको अध्यक्षतामा २५ सदस्सिय नगर कमिटी चयन गरिएको हो।
यस्तै नेपाल उत्पिडित जातिय मुक्ति समाज नेपालको नगर अधिवेशन सम्पन्न भएको छ।नेपाल उत्पिडित जातिय मुक्ति समाजको नगर अधिवेशनमा बिरेन्द्र लुहारको अध्यक्षतामा १७ सदस्सिय नगरकमिटी चयन गरिएको जिल्ला कमिटी सदस्य भट्टले बताए। कार्यक्रममा एमाले प्रदेश कमिटी सल्लाहकार परिसद सदस्य पदम बहादुर कुँवर,अम्मर सिँह धामी,एमाले जिल्ला कमिटी उप सचिव जनसंगठन संयन्त्र प्रमुख हर्क बहादुर धानुक लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।




