Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटनको मेरुदण्ड बनाउने लक्ष्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटन क्षेत्रको रुपमा विकास गरिने भएको छ।कैलालीको चिसापानी–राजकाँडा निर्माण सुरु भएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाँडामा निर्माण सुरु गरिएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि प्याकेज तयार गर्ने भएको छ।चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत रहेका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकाल, जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुखसमेत रहेका उद्योगपति सूर्यबहादुर थापाको सात अर्बको लगानीमा केबुलकार सञ्चालन हुने भएको हो। चिसापानीमा एक वर्ष भित्र केबुलकार सञ्चालन गर्ने र सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्याकेज तयार पारिने भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

छिमेकी देश भारतका पर्यटकहरूलाई लक्षित गरेर निर्माण थालिएको जालपादेवी केबुलकारले १५ दिनसम्म पर्यटकहरूलाई सुदूरपश्चिम प्रदेशमा रोक्ने योजना बनाउदै छ। प्रदेशका पर्यटकीय स्थलहरूको प्याकेज तयार पारिने छ। सुदूरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरू खप्तड, रामारोशन, अपीसाइपाल, शुक्लाफाँटा, धार्मिक क्षेत्रहरू, घोडाघोडी ताल, बर्दगोरिया, कर्णाली नदीमा पानी जहाज तथा र्याप्टिङ्ग, मोहन्यालको डाडामा पदमार्ग लगाएतका प्याकेज तयार पार्ने भएको छ। यस्तै, लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी र कर्णाली प्रदेशको रारा क्षेत्रको भ्रमण लगायतका प्याकेजहरुसमे तयार हुने भएका छन्।

जालपादेवी केबुलकार, कैलालीले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरूको भ्रमणका लागि सडकमार्ग तथा हवाई मागको सुविधासमेत दिने योजना बनाउदै छ। सञ्चालक सूर्यबहादुर थापाले सुदूरपश्चिमको पर्यटन क्षेत्रको मेरुदण्डको रूपमा जालपादेवी केबुलकार सञ्चालन गरिने बताए। कर्णाली चिसापानीमा एक वर्षमा क्यासिनोसहित पाँच तारे र तीन तारे होटेल सञ्चालनमा आउने बताए। एक वर्षमा चिसापानी–राजकाँडा केबुलकार सञ्चालन हुने र सुदूरपश्चिमको पर्यटन क्षेत्रका लागि १०/१५ वटा प्याकेज तयार हुने उनले बताए।#dineshkhabar

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page