


बैतडी -चैत ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत बैतडीको सेटीगाँउ बहुमुखी क्याम्पस गोकुलेश्वरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) सयुक्त प्यानल संग अनेरास्ववियु एक्लै भिड्ने भएको छ। सेटीगाँउ बहुमुखी क्याम्पस गोकुलेश्वरमा रमेश मालको नेतृत्वमा अनेरास्ववियु एक्लै चुनाव लड्ने भएको हो।


अनेरास्ववियुवाट सचिवमा पुजा खत्री, कोषाध्यक्षमा भावना जोशी,सदस्यमा सन्तोषी बिष्ट, प्रकाश बिष्ट,राजमती नाथ, जयन्ती जोशी,अर्चना साँउद चुनावि मैदानमा उत्रिएका छन्। सयुक्त प्यानलबाट नेविसंघका कृष्ण सिंह रावल सभापतिका उम्मेद्वार छन। सयुक्त प्यानलबाट सचिवमा क्रान्तिकारीका कुमार लावड र कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी छन् ।




