


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा बेवारिसे शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४१ बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

शनिबार बिहान ८:३० बजेतिर पुरुषको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए। प्रहरीका अनुसार मृतक पुरुषको खल्तीमा २१ हजार ३ सय नगद र मोवाइल भेटीएको छ। मोबाइल भने सिमकार्ड नभएको अवस्थामा फेला परेको छ।
शवको पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




