
स्ववियु निर्वाचन:सेटिगाँउ क्याम्पस प्रसासनको कर्तुत भेटियो:लागेको ताला खुल्यो
चार जना फर्जि विधार्थीलाइ खारेज गर्ने निर्णयमा पुग्यो १०:०० बजेदेखी मतदान



बैतडी -बैतडीको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा ताला खुलेको छ।

क्याम्पस प्रसासनले मनोमानी ढंगले गरेको निर्णयबाट पछि हटेको र गल्ति स्वीकार गरि क्याम्पस प्रसासनले माफि मागेकोले ताला खोलिएको अनेरास्ववियुका नेताहरुले खबर पठाएका छन।
स्वबियु निर्वाचनको विषयमा क्याम्पस प्रसासनले फर्जि विधार्थी भर्ना गरेको र सहमती बिपरित क्याम्पस प्रशासनले परिचयपत्र एककौटी रुपमा गठबन्धनलाइ दिएको आरोप छ।
सो विषयलाइ प्रमाण सहित लिएर अनेरास्ववियुले तालाबन्दी गरेपछि चार जना फर्जि विधार्थीहरुलाइ निर्वाचनमा पनि भाग नलिने गरि निस्कासन गरिएको र फर्जि विधार्थी मध्येय एक जनाको उम्मेद्वारी पनि खारेज गरिएपछि र परिचयपत्र बितरण गर्ने प्रकृयामा पनि सहमती भएपछि तालाबन्दी हटेको हो। क्याम्पसमा मंगलबार १०:०० बजेबाट मतदान हुनेछ।



