


बैतडी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेबिसंघ) को संयुक्त प्यानल बिजयी भएको छ ।सभापतिमा अनेरास्ववियुका नबिन कपाडी बिजयी भएका छन् । उनले १ सय मत प्राप्त गर्दै जित हात पारेका हुन । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुकै नारायण प्रसाद अवस्थी बिजयी भएका छ्न । उनले १ सय ५ मत प्राप्त गर्दै बिजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तीकारीका तुलसी जोशीले ४६ मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा नेबिसंघकी लक्ष्मी भट्टले १ सय मत प्राप्त गर्दै जित हासिल गरेकी हुन भने निकटतम प्रतिद्वन्दी हेमन्ती जोशीले ४७ मत प्राप्त गरिन ।
सदस्यमा यज्ञराज अवस्थी “अनेरास्ववियु” (१०५) मत, रेखा कार्की “अनेरास्ववियु” (१०७ ) मत, जयन्ती बिष्ट “अनेरास्ववियु” (१०७ ) मत, मनिशा बिष्ट “नेबिसंघ” (१०४) मत, भागरथी जोशी “नेबिसंघ” (१०२) मत प्राप्त गर्दै बिजयी भएकी हुन । जम्मा मतदाता संख्या २५९ रहेको उक्त क्याम्पसमा १६५ मत खसेका थिए ।




