Vutlaxapu
Laxmibhuwan sun chadi

सेटीगाउँ क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको प्यानल विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीको डिलाशैनी ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएको छ ।

एक सदस्यबाहेक सबै पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरुले विजय हासिल गरेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताए ।उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी बीच चुनावी तालमेल भएको थियो । भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको थियो।

सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कृष्णसिंह रावल निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित रावलले १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश माल राजुले ८९ मत प्राप्त गरे ।

जय भगवति मेलौली सुनचाँदी

यस्तै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी पूजा खत्रीले ८० मत प्राप्त गरिन । यस्तै कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी भावना जोशीले ८८ मत ल्याइन् ।

सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद १ सय, सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी भएकी छन् ।

सेटीगाउँ बहुमुखी क्याम्पसमा २ सय ६६ जना विद्यार्थी मतदाता रहेकोमा १ सय ९५ मत खसेको र एक मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page