Vutlaxapu
Laxmibhuwan sun chadi

ज्योती विकास बैंकद्वारा श्रीकोट बर्थिङ्ग इकाइमा बेबी वार्म हस्तान्तरण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -३ श्रीकोट स्वास्थ्य चौकी अन्तर्गत सिल्लेगडा बर्थिङ्ग इकाइमा ज्योती विकास बैंकले बेबी वार्म हस्तान्तरण गरेको छ । दोगडाकेदार गाउँपालिका वडा नं -३ मा रहेको सिल्लेगडा बर्थिङ्ग इकाइमा मंगलबार ज्योती विकास बैंकले बेबी वार्म (नवजात शिशु तापक्रम नियन्त्रक) हस्तान्तरण गरेको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

बेबी वार्म नवजात शिशु जन्मिंदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण रहेकाले सोही अनुसार शिशु मृत्युदर घटाउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरेको बैंकका मार्केटिङ डिपार्टमेन्ट प्रमुख कुशल जंग अधिकारीले बताए । उनका अनुसार बेबी वार्मको लागत ८७ हजार ५ सय रहेको छ ।

 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १.५ प्रतिशत कोष सामाजिक कार्यमा खर्च गरेको जनाएको छ । नेपालमानै डा.महावीर पुनको नेतृत्वमा स्वदेशी उत्पादन तथा आविष्कार केन्द्रद्वारा निर्मित यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको छ ।

 

यसअघि पनि बैंकले विद्यालय, जिल्ला अस्पताल, कम्प्युटर, खानेपानी प्रणाली लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको बताईएको छ । बेबी वार्म श्रीकोट स्वास्थ्य चौकीका प्रमुख एंव जनस्वास्थ्य निरीक्षक बिर सिंह भाट लाइ हस्तान्तरण गरिएको छ । अस्पताल प्रमुख बिर सिँह भाटले ज्योती विकास बैंकलाई यो सामाजिक कार्यका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page