Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा एमाले वडा केन्द्रित अभियानको समिक्षा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : नेकपा एमाले पञ्चेश्वर गाउँपालिका कमिटीको वडा केन्द्रित अभियानको समिक्षा बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

आईतवार एमाले जिल्ला कमिटी बैतडीका अध्यक्ष नरेश बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३ महिने वडा केन्द्रित अभियानको समिक्षा र मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने बिषयमा प्रशिक्षण दिएको नेकपा एमाले प्रदेश कमिटी सदस्य बलभद्र दयालले बताए ।

जय भगवति मेलौली सुनचाँदी

एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । सोको तयारीका बिषयमा पनि छलफल एवं अन्तरक्रिया गरिएको दयालले बताए।

तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य भरत मडै, प्रदेश कमिटी सदस्य बलभद्र दयाल, जिल्ला कमिटी सचिव हजारी साउद, जिल्ला सचिवालय सदस्य बिना भट्ट, जनक चन्द, मीन बहादुर चन्दक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता नेकपा एमाले पन्चेश्वर गाउँपालिका वडा कमिटी अध्यक्ष कालू सिंह जोशीले गरेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page