


बैतडी -चैत्र २७ गते हुन गइरहेको स्वबियु निर्वाचनमा सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी बैतडीमा अनेरास्ववियुले बलियो टिम खडा गरेको छ। बलियो टिम सहित चुनावी मैदानमा उत्रिएको अनेरास्ववियु १७ वर्ष पछि आफ्नो इतिहास फर्काउने दाउमा रहेको छ।
२०६५ सालमा एक पटक मात्र जित हांसिल गरेको अनेरास्ववियु यस पटक जित हांसिल गर्ने दाउमा लागेको अनेरास्ववियु पुर्व जिल्ला कमिटी अध्यक्ष नरेन्द्र साँउदले बताए। नेविसंघको दबदबा रहेको क्याम्पसमा यसपटक जित हांसिल गर्ने उदेश्यका साथ अनेरास्ववियुले १७ बुदे प्रतिवद्धता पत्र जारि गर्दै चुनावि माहोललाइ तिब्रता दिइरहेको पाइन्छ।
अनेरास्ववियुका उमेद्वारहरुले हरेक चुनाव अरु संगठनले जितेपनि देखिने गरी काम हुन नसकेको गुनासो समेत गरिरहेका छन।
पढ्नुहोस् जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी बैतडीमा अनेरास्ववियुले जारि गरेको १७ बुदे प्रतिवद्धता पत्र
१.बर्षमा एकचोटी कम्तीमा एक हप्ता सम्मको शैक्षिक भ्रमणको व्यवस्था गर्ने ।
२.क्याम्पसमा सुविधासम्पन्न छात्रछात्रा मैत्री होस्टेलको व्यवस्था गर्न पहल गर्ने ।
३.विद्यार्थीहरुलाई लाईब्रेरी बाट ३ देखि ५ ओटा सम्म किताब लिन सकिने सुविधासम्पन्न र ई–लाईब्रेरी स्थापनाका लागि पहल गर्ने ।
४.बर्षमा कम्तीमा पनि ९० दिन निजामती सेवा र शिक्षकसेवा आयोगका कक्षाहरु सञ्चालन गर्न पहल गर्ने र लोकसेवा आयोज शिक्षकसेवा आयोग लगायत अन्य परीक्षाहरुको फारामहरु निशुल्क भर्ने व्यवस्था गर्ने
५.दशरथचन्द नगरपालिकासँगको सहकार्यमा नगरबसमा जगन्नाथ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई भाडामा ५० प्रतिशत छुटको ब्यवस्था गर्न पहल गर्ने ।
६.खेलमैदानमा नियमित रुपमा खेलकुद कार्यक्रमका साथै अभ्यास गर्न प्रयाप्त खेलकुद सामग्रीको प्रवन्ध गर्न पहल गर्ने ।
७.प्रत्येक कक्षाको पहुँच पुग्ने ठाउँमा मौसमअनुसार तातो र चिसो शुद्ध खानेपानीको ब्यवस्था गर्न पहल गरिने छ ।

८.क्याम्पसमा क्यान्टिनको व्यवस्था गरी विद्यार्थीहरुलाई सुपथ मूल्यमा स्वस्थवद्र्धक खाजाको व्यवस्था मिलाउन पहल गर्ने
९.विद्यार्थीहरुको बैचारिक र रचनात्मक विकासका लागि हप्तामा एक दिन बिचार गोष्टी, छलफल, अतिरिक्त क्रियाकलापका साथै लेख रचनाहरु प्रकाशन गर्ने, भित्ते पत्रिका तथा जर्नल प्रकाशनहरुको आयोजना गर्ने ।
१०.विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्तिहरुको दायरा बढाउन पहल गर्ने ।
११.पढ्दै सिक्दै कमाउँदैको अवधारणाअनुरुप सरकारी तथा अर्धसरकारी निकाय, संघ संस्थाहरु, बैंक वित्तिय संस्थाहरुसँग सहकार्यगरी विषयगत अध्ययन अनुसार internship र part time job को लागि पहल गर्ने ।
१२.नमुना संसद अभ्यास, parliament Dabete लगायतका कार्यक्रम संचालन गर्ने ।
१३.विद्यार्थीहरुको स्वास्थ्य विमालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने ।
१४.यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला अस्पताल बैतडीमा उपचार र औषधीमा ३५ प्रतिशत छुटको ब्यवस्था गर्न पहल गर्ने ।
१५.वर्तमान समय र प्रविधिलाई ध्यानमा राख्दै क्याम्पसमा प्राविधिक बिषयको पढाई सुचारु गर्न पहल गर्ने ।
१६.प्राध्यापक, कर्मचारी र विद्यार्थीबिच निरन्तर सहकार्यको वातावरण निर्माण गर्ने ।
१७.क्याम्पसमा स्नातकोत्तर तहको पढाई सुचारु
गर्न पहल गर्ने ।
चैत्र २७ गते हुन गइरहेको स्वबियु निर्वाचनमा सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानी बैतडीमा नेबिसंघको तर्फबाट अध्यक्षमा रोषन भट्ट, सचिवमा राधा बोहरा, कोषाध्यक्षमा मिना चन्द, सदस्यमा करिना कार्की,गौरव लेखक, गोबिन्द कोली,रोमन नेपालि चुनावी मैदानमा छन।




