Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेतृत्वको प्यानल बिजयी, सभापतिमा भण्डारी निर्वाचित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तीकारीको संयुक्त प्यानल बिजयी भएको छ । सभापतिमा अनेरास्ववियुका संजय भण्डारी बिजयी भएका हुन ।

 

भण्डारी १०५ मतका साथ सभापति पदमा बिजयी भएका हुन । उनका प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत प्राप्त गरे भने नेविसंघका माधबी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट बिजयी भएका हुन । उनले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याईन । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउदै बिजयी भएका हुन भने उनका प्रतिस्पर्धी जनजागरणका दिनेश भट्टले ४९ मत ल्याए ।

त्यस्तै सदस्यमा सन्तोश जोशी (१०४), यमुना पेला (९५), कविता कुमारी महरा (९५) र यशोदा ऐरी (९४) मतका साथ बिजयी भएका हुन ।

जम्मा विद्यार्थी संख्या रहेको पाटन बहुमुखी क्याम्पसमा १८१ मत खसेका थिए ।

गत निर्वाचनमा राम्रो मत परिणामका साथ निर्वाचित भएको नेविसंघ अहिलेको निर्वाचनमा तेस्रो स्थानमा झरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page