


बैतडी : जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडी नगरपालिकाले हात पारेकोछ । जिल्ला खेलकुद विकास समिती बैतडीको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह आयोजनामा बैशाख ३ गते देखि पुर्चौडीमा सुरु भएको प्रतियोगितामा पुर्चौडी नगरपालिकाले ९ स्वर्ण १० रजत र ७ कास्य गरी २६ पदक हात पार्दै उपाधि जितेको हो ।
शुक्रबार सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले द्वितिय स्थान हासिल गरेको छ ।

दोगडाकेदारले ९ स्वर्ण, ३ रजत र १ कास्य गरी १३ पदक जितेर द्वितीय स्थान हासिल गरेको हो ।
लगातार ३ दिन संचालन भएको प्रतियोगितामा मेलौली नगरपालिकाले तृतीय स्थान प्राप्त गरेको छ । मेलौली नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान हात पारेको हो । गत बर्षको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मेलौली नगरपालिकाले यस बर्ष भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा बैतडीका १० वटै स्थानिय तहको सहभागिता रहेको थियो ।
