


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले जेष्ठ नागरिकहरुको समस्यालाइ मध्यनजर गर्दै बिगत ३ बर्षदेखि सामाजिक सुरक्षा भत्ता घरमै गइ वितरण गर्ने निर्णय गर्दापनि ग्लोबल आइएमइ बैंक दोगडाकेदार शाखाले अटेरी गर्दै गाँउपालिकाको निर्णय लत्याएको छ।
बृद्ध बृध्दा, अशक्त तथा पुर्ण अपांगको हकमा लाभग्राहिको घर आगनमा गइ सामाजिक सुरक्षा भत्ता बितरणको ब्यवस्था मिलाउन पटक पटक आग्रह गर्दासमेत कुनैपनि पहल नगरेको दोगडाकेदार गाउँपालिकाका लेखापाल पदम कार्किले बताए।
भगौलिक हिसाबले पनि दोगडाकेदार गाउँपालिका वडा नं १,२,६,८,बाट बृद्ध बृध्दा, अशक्त तथा पुर्ण अपांग ब्यक्तिले पनि बैङ्कसम्म पुग्नै पर्ने बाध्यता छ। २०८० माघ १६ गते सामाजिक सुरक्षा भत्ता बुझि कालागाउँ जादै गरेकी ७० बर्षिया हरिमाँया बिष्टले दोगडाकेदार गाउँपालिका -२ कटौजपानिमा जिप दुर्घटना हुदा काखमा बसिरहेकि १५ बर्षिया नातिनी मनिषा बिष्टलाइ गुमाएकि थिइन। जिपमा सवार ७ जना घाइते भएका थिए।

सामाजिक सुरक्षा भत्ता घरदैलोमा गएर बितरण गर्न दोगडाकेदार गाउँपालिकाले बैङ्कले भने बमोजिम सहयोग गर्छौ भन्दा पनि बैङ्कले अटेरी गरिरहेको छ। पटकपटकको मौखिक आग्रहको बैंकद्वारा भद्र अवज्ञा भइरहेकोले बैंङ्क संगको सम्झौता रद्द गर्न जनस्तरबाट आवाज उठिरहेको छ।
दोगडाकेदार गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्कीले पटकपटक आग्रह गर्दासमेत बैंकले अटेरी गरिरहेकोले आवस्यक कदम चाल्ने बताए।
यति मात्रै हैन बृद्ध बृध्दा, अशक्त तथा पुर्ण अपांग ब्यक्तिको पिडाले गाँउपालिकामा काम गर्ने कर्मचारीलाई समेत पिरोल्न थालेको छ।दोगडाकेदार गाउँपालिकामा कार्यरत लेखापाल पदम कार्किले सामाजिक सञ्जालमा यस्तो लेखेका छन।
उता ग्लोबल बैंक दोगडाकेदार शाखाका म्यानेजर लक्षमण जोशीले घरदैलोमा गएर बितरण गर्ने ग्लोबल आइ एम इ बैंकको निती नरहेको र माथि बुझ्छु भन्ने प्रतिक्रिया दिएका छन।
