


बैतडी- बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत सव- इन्जिनियर केशब बहादुर ऐरमाथि पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमकै अगाडि हातपात भएको छ। पुर्चौडी नगरपालिका वडा नं -१ मा रहेको बिशालपार्कमा सोमबार चिस्यान केन्द्रको योजनाको ले आउट गर्दा सव इन्जिनियर माथि कोल्ड स्टोर उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात गरेको खुल्नमा आएको छ।

हातपातको बिषयमा सव इन्जिनियर केशब बहादुर ऐर ले बैतडीबुलेटीनसंग भने ‘ हामिहरु कोल्डस्टोरको योजनाको ले आउट गर्न वडा नं -१ स्थित बिसाल पार्कमा इन्जिनियर सरको टोलि सहित नगर प्रमुख,वडा नं -१ का अध्यक्ष ज्यु सहित गयौ र काम गर्न थाल्यौ र लेआउट गर्दा उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालसंग ४ वटा किला आवस्यक हुन्छ मगाउनुपर्यो भन्दा काम गरिरहेकै अवस्थामा मेरो टाउकोमा लौरोले हिर्काउन खोजेको थियो र मैले हातले छलेर ज्यान जोगाए, उपभोक्ता समितीको अध्यक्षसंग काम गर्नआवस्यक सामग्री चाहिन्छ भन्दा एक्कासि लौरोले नगरप्रमुखकै अगाडी मेरो टाउकोमा हिर्काउन खोजियो यसरि काम गर्ने सिलसिलामा नगर प्रमुखकै अगाडि हातपात गरिनु आपत्तिजनक छ र दोशिलाइ हदैसम्मको कारवाहीको लागि माग गर्दछु।
यति मात्रै नभएर उपभोक्ता समिति अध्यक्ष गडालले गाली गलौच गर्नुका साथै नगर पालिका प्राबिधिक शाखा प्रमुख जगदिश भण्डारी लाई समेत धम्की दिएको प्राबिधिक शखाले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र आवस्यक कार्बाहि गरिने नगरपालिकाले जनाएको छ।




