Vutlaxapu
Laxmibhuwan sun chadi

अनेम संघ बैतडीको पाँचौ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा पार्वती चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : अखिल नेपाल महिला संघ बैतडीको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

सम्पन्न अधिवेशनबाट दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको एमाले प्रचार विभाग प्रमुख पार्वती भट्टले बताइन।

जय भगवति मेलौली सुनचाँदी

यस्तै उपाध्यक्षमा अन्जु टमाटा र सरस्वती कोलि, सचीवमा शिबनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद र कोषाध्यक्षमा पार्वती भुल सहित ३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको भट्टले बताइन।

अध्यक्ष कार्कीको यो दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालको पनि जिम्मेवारी दिने अग्रज नेता कार्यकर्ता र पार्टीलाई अध्यक्ष कार्कीले धन्यवाद दिएकी छिन् । कार्यक्रममा अखिल नेपाल महिला संघ बैतडी जिल्ला इन्चार्ज सरस्वती नेपालि प्रमुख अतिथी रहेकि थिइन।

यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख बक्ता रहेका थिए। कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा,एमाले प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्ट, धर्मानन्द भट्ट, महादेव भट्ट, र जिल्ला कमिटी अध्यक्ष नरेश बिक , उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा अनेम संघमा लामो समयसम्म योगदान गरेका जानकी ,अवस्थी ,दुरा भट्टराइ,पदमा खत्रि लगायत ६ जनालाइ‌ सम्मान समेत गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page