Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार -५मा हाते होजियारी सिप विकास तालिम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -५मा ३१२ घण्टे लक्षित वर्ग तथा अन्य ब्यक्तिको मागमा आधारित कार्यक्रम अन्तर्गत आइतबार हाते होजियारी सिप विकास तालिम सम्पन्न भएको छ।

दोगडाकेदार गाउँपालिका वडा नं -५ अध्यक्ष करबिर सिंह कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्किले होजियारी सिप विकास तालिमबाट सहभागीहरुलाइ स्वरोजगार बन्न आग्रह गरे।

 

जय भगवति मेलौली सुनचाँदी

अध्यक्ष कार्कीले तालिममा सहभागीहरुलाइ होजियारी सिप विकास तालिमबाट उत्पादन गरिएका सामाग्रीहरुको गांउपालिकाले जिम्मा लिने बताउदै सक्दो उत्पादन गर्न आग्रह गरे। अध्यक्ष कार्कीले स्थानिय सरकारले स्वरोजगारमुलक धेरै कार्यक्रमहरु संचालन गरेको र अपेक्षित नतिजा आउन नसकेको बताए। अपेक्षित नतिजा हांसिल गर्न उधमि स्वयंले जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

तालिमबाट सिकेको सिपको ब्यवहार मा कार्यान्वयन गर्ने उधमिलाइ गांउपालिकाको सहयोग रहने बताए। बैशाख १९ गतेदेखि सञ्चालन गरिएको तालिममा १५ जना महिला सहभागिहरुलाइ १५ वटा मेसिन समेत हस्तान्तरण गरिएको छ। कार्यक्रममा दोगडाकेदार गाउँपालिका वडा नं -६ अध्यक्ष गोपाल सिंह कार्की,वडा नं -४ अध्यक्ष तर्कराज भट्ट लगायतको उपस्थिति रहेको थियो।

दोगडाकेदार गाउँपालिका वडा नं -५ मा सहभागिहरुले उत्पादन गरेका सामाग्रीहरु

 

 

 

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page