


बैतडी:बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ स्वाडी निवासी मानबहादुर साँउदका १२वर्षिय छोरा अनिल साँउद को कुकुरको टोकाइबाट मृत्यु भएको मृतकका काका हर्क बहादुर साँउदले बताए।
मृतक अनिललाइ कुकुरले टोकेपछि रेबिजको सुइ पुर्चौडीमा नमिलेको र थप उपचारको लागि धनगढीको सेति प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमा ९ दिन सम्म उपचार गरि घर फर्किएको बताए।

घर फर्किएपछि एकाएक रेबिजको लक्षण देखिन थालेपछि फेरि अस्पताल लग्दा बाटोमै आइतबार मृत्यु भएको बताए।
मृतक अनिललाइ कुकुरले टोकेपछि समयमै सुइ नमिलेका कारण मृत्यु भएको बुझिएको छ।
१२ वर्षिय अनिलको कुकुरको टोकाइबाट मृत्यु भएपछि गाँउनै सोकमा डुबेको छ।




