


बैतडी:बैतडीको दशरथचन्द नगरपालिका वडा नं -५ का मौरीपालक किशान शुदर्शन प्रसाद लेखक भिमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन।
कृषि तथा सहकारी मन्त्रालयले हरेक बर्ष दिने उक्त पुरस्कार बाट बैतडीमा मौरीपालनमा उत्कृष्ट किशानको रुपमा लेखक सम्मानित भएका हुन।जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीले उक्त पुरस्कार बुधबार बैतडीमा आयोजित एक कार्यक्रमका बिच लेखकलाइ प्रदान गरेका थिए।

लेखक लामो समयदेखि मौरीपालन गर्दै आएका छन।भिमदत्त उत्कृष्ट पुरस्कार बाट पशुपंक्षीमा पाटन नगरपालीका वडा नं १०का मदन राज भट्ट, दशरथचन्द नगरपालिकाका वडा नं ४ की ममता टोकटरे माल तरकारी खेतीमा उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन।

लेखक सहित तिनै जनाले जनहि २५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका हुन।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।




