Vutlaxapu
Laxmibhuwan sun chadi

जनताको माग बढी छ बजेट न्यून: अध्यक्ष चन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:  पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरख बहादुर चन्दले जनताको माग अनुसार  बजेट नभएकाे बताएका छन्र।

‘जनताका माग धेरै योजना छन हाम्रो गाउँपालिकाको बजेटले नसकिने भयाे । बजेट संघ सरकारले कम गर्दै गएकाे छ, उनले भने,  ‘देखिने बेला आधा अर्ब भएपनि शिक्षक, कर्मचारीको तलब भत्तामा बढी सर्सत बजेट विनियोजन भएको छ।,  विकास बजेट गाउँपालिको ८ करोडको हाराहारीमा मात्र भएकाले सबैका इञ्छा तथा धेरै विकासका काम गर्ने नसकिएको बताए । उनले प्राथमिकताका आधारमा बजेट विनियोजन गाउँपालिकाले गरिरहेको बताए ।

जय भगवति मेलौली सुनचाँदी

उनले करिब ७ सय मिटर सडक गाउँपालिकाले खन्नेकाले अब नयाँ सडकका लागि बजेट विनियोजन नगरिने बताए । गाउँपालिका सभा हलमा बिहीबार चालु आर्थिक बर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले धेरै सडक बाझो परेको तथा खेतमा परिणत भएकाले अब नयाँ सडकका लागि बजेट विनियोजन नगरि भएका सडकको स्तरोउन्ती गरिने प्रष्ट पारे ।

 

गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाईमा उपाध्यक्ष बिना भट्ट, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँसभा सदस्य लगायतका स्थानीय नागरिकको सहभागीता थियो ।

 

गाउँपालिकाको चालु बर्षको वितिय प्रगती करिब ९३ प्रतिशत रहेको प्रमुख प्रशासकिय अधिकृत रामसागर साहले बताए । सहभागीहरुले प्रश्न, गुनासो तथा सुझाव राखेको थिए । बिशेष गरेर प्रश्नकर्ताहरुले विकास निमार्ण तथा योजनाका बिषयमा प्रश्न गरेका थिए । योजना नपाउने, पाएपछि निमार्ण सम्झैतामा ठिलाई तथा प्राविधिक स्टमेटमा समेत ढिलाई गर्ने गरेको गुनासो स्थानीय दिलिप भण्डारीले गरेका थिए ।सहभागीले योजना बैक बनाउन, १ लाख माथिका योजना मात्र बनाउन, समयमै निर्माण कार्य सुरु गर्नु पर्ने लगाएका सुझाव दिएका थिए ।

 

गाउँपालिकाले बर्षको दुई सार्वजनिक सुनुवाई आयोजना गर्दै आएको छ । अबका दिनमा वडा वडास्तरमै सुनुवाई गर्ने बिषयमा छलफल भइरहेको गाउँपालिका प्रवक्ता जनक बहादुर चन्दले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page