गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बझाङबाट धनगढी जाँदै गरेको जिप अनारखोलीमा दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:  बझाङबाट धनगढी जाँदै गरेको जिप अनारखोलिमा दुर्घटना भएको छ।जिप दुर्घटना हुदा हुँदा ४ जना घाइते भएका छन् । बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका-८ स्थित अनारखोलीमा दुर्घटना हुँदा चार जना घाइते भएका बताइएको छ ।

 

खालि ठाँउ २

घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका ६ का ३३ वर्षीय लोकेन्द्र महत, सोही ठाउँका १३ वर्षीय औजित महत, ३० वर्षीय सरस्वती धामी र दुर्गाथलीकै ४५ वर्षीय ओमजंग कडायत रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।

 

घाइतेहरुको उद्धार गरि डडेल्धुरा अस्पतालमा उपचार भैरहेको बताइएको छ । सडकबाट करिब २५ मिटर तल खसेको उक्त जीपमा चालक सहित पाँच जना सवार रहेका बुझिएको छ । घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताएका छन।

 

जीप सडकबाट आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको र चालक बझाङको दुर्गाथली ४ का रमेश जाग्रीलाई नियन्त्रण लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page