


बैतडी:नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ बुझेरै एमालेमा लागेको बताए। प्रेस चौतारी नेपाल सुदुरपश्चिम कमिटीले महेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भट्टले यस्तो बताएका हुन।नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताउदै भट्टले एमाले राम्रो संग बुझेरै एमालेमा लागेको र यदि नबुझेको भए माओबादि भइरहन्थे इन्चार्ज भट्टले भने।

उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।
उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, “महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म। त्यसैले उहाँकाे दृष्टि र कदम बुझ्न समय लाग्छ।”
भट्टको यो भनाइ ओलीप्रति पूर्ण विश्वास व्यक्त गर्दै आएको हो, जुन एमालेभित्रको नेतृत्वमा निरन्तरता र विचारमा एकरूपताको सन्देश दिन खोजिएको बुझिन्छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।




