Vutlaxapu
Laxmibhuwan sun chadi

एनपिएल विजेताले डेढ करोड पाउने, उपविजेतालाई ८० लाख

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

काठमाडौ ।नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रूपैयाँ पुरस्कार पाउने भएको छ।

उपविजेताले ८० लाख रूपैयाँ पाउनेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रूपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीको पुरस्कारमा कुल ३ करोड रूपैयाँ खर्च हुनेछ।

जय भगवति मेलौली सुनचाँदी

कीर्तिपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

गत संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रूपैयाँ पाएको थियो। त्यसको तुलनामा यसपटक विजेताको पुरस्कार ४० लाख रूपैयाँ बढेको छ। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरू हुने प्रतियोगितामा यसपटक अघिल्ला दुई संस्करणभन्दा केही महत्त्वपूर्ण परिवर्तन भएका छन्। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।

त्यसमा आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधि, विदेशी खेलाडीको अनुबन्धमा थप सहजता र कीर्तिपुर मैदानमा सुधारिएका सुविधाले यसपटकको एनपिएललाई थप विशेष बनाएका छन्। आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म चल्नेछ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page