Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा हातहतियार कसैलेपनि बुझाएनन्, सुरक्षा चुनौतीमा आसंका

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैशाख १०, बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको चुनावलाई लक्षित गर्दै हातहतियार बुझाउन अनुरोध गर्दापनि बैतडीका कसैले पनि हातहतियार नबुझाएको पाइएको छ ।
इजाजत लिएर प्रयोग गर्दै आएका हातहतियारहरु बुझाउन एक महिना पहिले नै सुचना जारी गरेको भएपनि हालसम्म कसैले पनि हातहतियार नबुझाएको जिल्ला प्रसासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
२०७४ सालको चुनावमा बुझाएका २५१ हातहतियार बाहेक २०७९ को स्थानिय तहको चुनावलाई लक्षित गर्दै हातहतियार बुझाउन सुचित गरिएको भएपनि कसैलेपनि हातहतियार नबुझाएको सुचना अधिकारी भारतीले बताए । २०७८ चैत्र ११ गते नै सुचना जारी गर्दै हातहतियार बुझाउन भनिएको थियो ।
स्थानिय तहको चुनावलाई मध्यनजर गर्दै हातहतियार बुझाउन भन्दै सुचना जारी गर्दै प्रहरी युनिटमा समेत जानकारी गरिएको भएपनि कसैले हातहतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता बोधराज ओझाले जानकारी दिए । २०७४ सालको  चुनावमा बुझाएका २५१ जनाले फिर्ता नलगेको र यस वर्ष हुन लागेको चुनावलाई लक्षित गर्दै हतियार बुझाउन भनिएको सुचनाको अटेरी भएको ओझाले बताए ।
हातहतियार नबुझाएपछि सुरक्षा चुनौती थपिने आसंका छ । जिल्लामा करिब एक हजार जनाले हातहतियारको इजाजत पाएको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page