Vutlaxapu
Laxmibhuwan sun chadi

लेखराज भट्टको प्रमुख आतिथ्यतामा एमाले बैठक बस्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा नेपाल कम्युनिष्ट पार्टी एमालेको पाँचौं जिल्ला कमिटी बैठक बस्ने तयारि पुरा भएको छ।नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठकले निर्धारण गरेको ३ महिने वडा केन्द्रित कार्यक्रमको तयारीका लागी माघ १६ गते नेकपा एमाले जिल्ला कमिटीको बैठक बस्न लागेको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

बैठकको प्रमुख अतिथीका रुपमा एमाले केन्द्रीय कमिटी सचिव तथा एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट, यसैगरी बैतडीबाट प्रतिनिधित्व गर्ने संघिय सांसद तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी,एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट, केन्द्रीय सल्लाहकार परिसद सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, सल्लाहकार कमिटी,जिल्ला कमिटी,पालिका कमिटी अध्यक्ष लगायतको सहभागिता सहित बैठक बस्न लागेको हो।

 

बैठकमा पार्टिको वडा केन्द्रित ३ महिने कार्ययोजना सहित समसामयिक विषयमा छलफल गरिने र सो बैठकले १० वटा स्थानिय तहका ८४ वडाहरुमा २३ वटा जनवर्गीय सँगठनहरुलाइ ३ महिने कार्यक्रमका लागी परिचालन गर्ने योजना समेत रहेको जिल्ला कमिटी अध्यक्ष बि क ले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page