Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा अटो दुर्घटना, तीन जना घाइते

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी : बैतडीको पाटनमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। पाटन नगरपालिका–६ स्थित बजारबाट विमानस्थल जाने गेट नजिकै अटो दुर्घटना भएको हो।

जय भगवति मेलौली सुनचाँदी

प्रारम्भिक विवरणअनुसार, से १ ह ४६६२ नम्बरको अटो दुर्घटना हुँदा पाटन नगरपालिका–६ का ६५ वर्षीय किडी औजी, २२ वर्षीय मनिस औजी र २१ वर्षीय जीवन औजी घाइते भएका छन्।

दुर्घटनामा किडीको टाउकोमा सामान्य चोट लागेको छ भने मनिसको पाखुरा र जीवनको खुट्टामा चोट लागेको छ। घाइते तीनै जनाको पाटनस्थित डीएस मेडिकलमा उपचार गरिएको थियो। उपचारपछि उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको जनाइएको छ।

अटो चालक हरिष जोशीलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण अटो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page