


बैतडी -अनेरास्ववियु जिल्ला कमिटी बैतडीले संगठन बिस्तारको क्रमलाइ तिब्रता दिएको छ। संगठन बिस्तारको क्रममा मंगलबार सेटिगांउ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीमा अनेरास्ववियुको संगठन बिस्तार गरिएको छ।

अनेरास्ववियु जिल्ला कमिटी बैतडी अध्यक्ष दिब्यवीर योगीको प्रमुख आतिथ्यतामा सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीमा पदम मालको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो।
जिल्ला कमिटी अध्यक्ष योगीका अनुसार उपाध्यक्षमा भानदेब नाथ, महिला उपाध्यक्षमा पुजा खत्री, सचीवमा बबिता घरडी, सह सचिवमा बिरेन्द्र बोहरा,सह- सचिवमा भावना जोशी,कोषाध्यक्षमा कृतिका जोशी चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी बैतडी अध्यक्ष दिब्यवीर योगीले बताए।




