Vutlaxapu
Laxmibhuwan sun chadi

असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ: नेपालमा आगामी साता भारी वर्षाको सम्भावना देखिएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको जनाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गर्दा आगामी दिनमा उल्लेख्य वर्षाको सम्भावना देखिएको बताएका छन्।

उनका अनुसार केही पूर्वानुमान मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन्। केही मोडलमा ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखिएको उल्लेख गर्दै उनले यस्तो वर्षाले नेपालका विभिन्न क्षेत्रमा गम्भीर अवस्था निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page