


बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
एमाले पुर्चौडी नगरकमिटी अध्यक्ष जयलाल साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै एमाले प्रदेश कमिटि सचिवालय सदस्य नरेन्द्र विष्ट,एमाले प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश साँसद जानकी ऐर बम, एमाले प्रदेश कमिटी सदस्य कर्ण बहादुर रतोकी, जिल्ला कमिटी उपाध्यक्ष लाेकेन्द्र भण्डारी, जिल्ला कमिटी उप सचिव हर्क धानुक,पार्टी जिल्ला सचिवालय सदस्य एवम् प्रदेश सभा निर्वाचन क क्षेत्र समन्वय कमिटि संयोजक अमर कुँवर, जिल्ला कमिटी सदस्य,पालिका कमिटीका पदाधिकारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा सदस्यता नविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने,टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने,पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने,पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग/ समुदायको नेताका रुपमा स्थापित गर्ने,सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने,सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने,निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने,जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने,स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने,आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने,
मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने,घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।
पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने,पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिएको पुर्चौडी बाट बैतडीबुलेटीन सम्वाददाता हरि साँउदले जानकारी दिएका छन।





