


बैतडी -बैतडीको पुर्चौडी नगरपालिका वडा नं ९ मा रहेको खेती माध्यमिक विधालय तल्लादेही बैतडीमा अनेरास्ववियुको इकाइ कमिटी गठन गरिएको छ। एमाले जिल्ला कमिटी उपसचिव एंव जनसँगठन सँयन्त्र प्रमुख हर्क धानुक प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले पार्टी जिल्ला कमिटि सदस्य द्वय चन्द्र देब भट्ट र रमेश बोहरा,पुर्चौडी नगरकमिटी अध्यक्ष जयलाल साँउद, लगायतका नेताहरुको उपस्थितिमा रमेश पार्कि को अध्यक्षतामा २९ सदसिय इकाइ कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सदस्य चन्द्र देव भट्टले बताए।भट्टका अनुसार

उपाध्यक्षमा पुजा बोहरा , रेवती बिष्ट,सचिवमा निराजन धामी,सह सचिवमा हेमन्ती धामी, कोषाध्यक्षमा बिनिता बोहरा लगायत २९ सदस्यीय इकाइ कमिटी गठन गरिएको भट्टले बताए।





